Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसीबीआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

सीबीआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त


काठमाडौं । सीबीआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ एसीसीए हुनुका साथै उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका छन् ।

यसअघि श्रेष्ठ एनआईबीएल क्यापिटल मार्केट्स लि. (२०१३–२०१५) मा उच्चव्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट्स बैंकिङ लि. (२०१६–२०२०) र मेगा क्यापिटल मार्केट्स लि. (२०२०–२०२२) मा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रहेका थिए । श्रेष्ठसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x