Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकमा न्यौपानेको फड्को

एनआईसी एसिया बैंकमा न्यौपानेको फड्को

बैंकलाई सबल र अब्बल बनाएको भन्दै सञ्चालक समितिद्वारा पुनर्नियुक्ति


काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः रोशन कुमार न्यौपाने नियुक्त भएका छन् । बैंकलाई सबै दृष्टिकोणबाट सबल र अब्बल बनाएको भन्दै बैंक सञ्चालक समितिको यही कात्तिक १६ गते बुधबार बसेको पाँच सय ७३औँ बैठकले न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा पुनर्नियुक्त गरेको हो । हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रहेका न्यौपानेलाई बैंकको सञ्चालक समितिले मिति २०७९ मंसिर १५ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप चार वर्षको अवधिको लागि पुनर्नियुक्त गर्ने निर्णय गरेको छ ।

सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एसिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखापरीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत भएका थिए । सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचकांकहरूमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेपछि बैंक सञ्चालक समितिको मिति २०७५ मंसिर १६ को तीन सय ७९औँ बैंठकले उहाँलाई मिति २०७५ मंसिर १६ गतेदेखि लागू हुनेगरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । ३८ वर्षको उमेरमा नै नेपालको अग्रणी वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त भएपछि उनी मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’को रूपमा समेत चर्चित भएका थिए । रसुवा जिल्ला स्थायी घर भई हाल काठमाडौं बूढानीलकण्ठ बस्ने ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करियरको छोटो अवधिमा नै अत्यन्त सफल प्रमुख कार्यकारी अधिकृतको रूपमा बैंकिङ क्षेत्रमा उदयमान भएका थिए ।

उनी बैंकको नेतृत्वदायी भूमिकामा आएपछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै गर्दा बैंक अधिकांश वित्तीय सूचकांकहरूमा पहिलो नम्बरमा पुगेको छ । सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त भएपछि उनको नेतृत्वमा बैंकलाई मध्यम स्तरको बैंकबाट उच्च स्थानको बैंकमा पु¥याउने गरी सन् २०१४ मा पञ्चवर्षीय एकीकृत रणनीतिक योजना ‘रणनीति २०२०’ (स्ट्राटेजी २०२०) तयार गरी बैंकले आव सन् २०१९/२० सम्ममा कर्जा, निक्षेप, सेवाग्राही संख्या, खुद मुनाफा, प्रतिसेयर आम्दानी, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाललगायतका अधिकांश वित्तीय तथा गैरवित्तीय परिसूचकहरूमा बैंकिङ क्षेत्रकै उत्कृष्ट बन्न सफल भएको थियो ।

न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछि आफ्नो प्रथम कार्यकाल पूर्णरूपमा सफल बनाउँदै बैंकले अधिकांश सूचकहरूमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ । बैंकले चालू आव २०७९/८० को प्रथम त्रैमासमा खुद नाफा, ग्राहक संख्या, स्वपुँजीमा प्रतिफल, प्रतिसेयर आम्दानी, शाखा कार्यालयहरू, एटीएम, विस्तारित काउन्टरलगायतका सूचकमा नम्बर एक स्थान हासिल गर्न सफल भएको छ । चालू आवको पहिलो त्रैमासमा खुद मुनाफातर्फ एक अर्ब ७५ करोड रुपैया आर्जन गर्दै सबैभन्दा धेरै खुद मुनाफा आर्जन गर्ने वाणिज्य बैंक बन्न सफल भएको छ । जुन मुनाफा वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो । त्यसैगरी स्वपुँजीमा प्रतिफल २६ दशमलव ५५ प्रतिशत र वार्षिक प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ६२ पैसा आर्जन गर्न बैंक सफल भएको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी हो ।

चालू आव ।२०७९/८० को प्रथम त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम दुई खर्ब ७३ अर्ब १० करोड र निक्षेपतर्फ कुल निक्षेप संकलन तीन खर्ब आठ अर्ब १८ करोड रुपैयाँ पु-याउन सफल भएको छ । न्यौपाने सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त हुँदा आव २०७३/७४ मा बैंकको वासलातको आकारमा १०औँ स्थान थियो । उक्त वर्ष एक खर्ब एक अर्ब १९ करोड रुपैयाँ रहेको वासलातको आकार गत आवसम्ममा झन्डै चार गुणाले वृद्धि हुँदै तीन खर्ब ५८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । आव २०७८/७९ मा यो समग्र वाणिज्य बैंकिङ क्षेत्रमा दोस्रो स्थान हो । सोही अवधिमा समग्र बैंकिङ क्षेत्रको वासलातको आकार दुई दशमलव १८ गुणाले वृद्धि भएको छ । त्यस्तै, २०७३/७४ मा ७२ अर्ब रुपैयाँ कर्जा विस्तार गरेर नवौँ स्थानमा रहेको यो बैंकले आव २०७८/७९ मा ती दशमलव ७२ गुणाले वृद्धि गर्दै दुई खर्ब ६८ अर्ब २४ करोड रुपैयाँ पु-याउन सफल भएको छ ।

सोही अवधिमा समग्र बैंकिङ क्षेत्रमा कर्जाको वृद्धि दुई दशमलव ४३ गुणा मात्रै भएको थियो । त्यसैगरी बैंकले पाँच वर्षको अवधिमा निक्षेप संकलनमा पनि तीन दशमलव ४० गुणाले वृद्धि गरेको छ । आव २०७३/७४ मा ८६ अर्ब सात करोड रुपैयाँ निक्षेप संकलन गरेर नवौँ स्थानमा रहेको बैंकले गत आवसम्म आइपुग्दा निक्षेपको आकार दुई खर्ब ९४ अर्ब ९८ करोड रुपैयाँ पु-याउँदै दोस्रो स्थानमा आइपुगेको छ, जुन यस आवको प्रथम त्रैमाससम्मको नातिजामा समेत उत्कृष्ट नतिजा रहेको छ । समग्र बैंकिङ क्षेत्रमा यस अवधिमा दुई दशमलव १७ गुणाले निक्षेप वृद्धि भएको छ । बैंकको चल्ती तथा बचत खाता (कासा डिपोजिट)मा पनि बैंकले चार दशमव १५ गुणाले वृद्धि गर्दै १२औँ स्थानबाट तेस्रो स्थानमा फड्को मार्न सफल भएको छ । आव २०७३/७४ मा कासा डिपोजिट २८ अर्ब २७ करोड रुपैयाँ रहेकोमा गत आवसम्म आइपुग्दा एक खर्ब १७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा समग्र बैंकिङ क्षेत्रको कासा डिपोजिट वृद्धि एक दशमलव ९३ गुणा मात्र वृद्धि भएको छ ।

बैंकले विभिन्न वित्तीय परिसूचकहरूमा उल्लेख्य प्रगति गर्नुको पछाडिको मुख्य कारण आम ग्राहकहरूको प्रगाढ विश्वास दर्शाएका थिए । न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछिको पाँच वर्षको अवधिमा ग्राहक महानुभावहरूको संख्यामा छ गुणाले वृद्धि भएको छ । आव २०७३/७४ मा पाँच लाख ७१ हजार ग्राहक रहेकोमा गत आवसम्म आइपुग्दा ग्राहक संख्या ३४ लाख ५४ हजारभन्दा बढी पु¥याउन सफल भएको छ । साथै, कर्जा लिने ग्राहक संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । पाँच वर्षअघि ३० हजार छ सय कर्जा लिने ग्राहक संख्या रहेकोमा उक्त संख्या तीन गुणाले वृद्धि हुँदै गत आवसम्म आइपुग्दा ९३ हजार आठ सय पुगेको छ ।

उक्त अवधिमा समग्र बैंकिङ क्षेत्रमा कर्जा लिने ग्राहकको संख्यामा एक दशमलव ६६ गुणाले वृद्धि भएको छ । पछिल्लो समयमा बैंकले डिजिटल कारोबारमा पनि अग्रणी स्थान हासिल गरेको छ । आव २०७३/७४ मा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूको संख्या एक लाख २१ हजार रहेकोमा गत आवमा यो संख्या १६ दशमलव ३ गुणाले वृद्धि हुँदै १९ लाख ७२ हजार छ सय पुगेको छ । त्यसैगरी, इन्टरनेट बैंकिङमा हेर्ने हो भने ४७ हजार नौ सयबाट तीन गुणा वृद्धि हुँदै एक लाख ४५ हजार छ सयभन्दा बढी पुगेको छ । यस अवधिमा समग्र बैंकिङ क्षेत्रमा मोबाइल बैंकिङ छ दशमलव ६० गुणा र इन्टरनेट बैंकिङ एक दशमलव ६७ गुणाले वृद्धि भएको छ ।

साथै, एनआईसी एसिया बैंक नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा धेरै एटीएम, पीओएस, क्युआर नेटवर्क निर्माण गर्दै ‘डिजिटल फष्र्ट बैंक’को अवधारणालाई प्राथमिकतामा राखेर अगाडि बढेको छ । यस अवधिमा शाखा विस्तार, एटीएम एवं विस्तारित काउन्टरको संख्याको हिसाबले पहिलो नम्बरमा रहेको छ । पाँच वर्षअघि एक सय १९ शाखा कार्यालय र ७० एटीएम रहेकोमा गत वर्ष तीन सय ५९ शाखा र चार सय ७४ एटीएम पुगेका छन् । यस अवधिमा समग्र बैंकिङ क्षेत्रमा शाखा कार्यालय दुई दशमलव दुई गुणा, एटीएम दुई दशमलव २६ गुणाले वृद्धि भएको छ ।

आव २०७३/७४ मा बैंकको कुल आम्दानी तीन अर्ब ४४ करोड १० लाख रुपैयाँ सहित बैंक ११औँ स्थानमा रहेकोमा गत वर्षसम्म आइपुग्दा बैंकले सो आम्दानी चार दशमलव २७ गुणाले वृद्धि गर्दै १४ अर्ब ७० करोड ६० लाख रूपैयाँ पु¥याउन सफल भएको छ । यस अवधिमा समग्र बैंकिङ क्षेत्रको कुल आम्दानी एक दशमलव नौ गुणाले वृद्धि भएको छ । साथै, बैंकको सञ्चालन नाफा चार दशमलव ३२ गुणाले वृद्धि भएको छ । आव २०७३/७४ मा एक अर्ब ८५ करोड ९० लाख रुपैयाँ रहेको सञ्चालन नाफा ञ्गत वर्ष आठ अर्ब २ करोड ७० लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

यस अवधिमा समग्र बैंकिङ क्षेत्रको सञ्चालन नाफा एक दशमलव ८७ गुणाले वृद्धि भएको थियो । यस अवधिमा स्वपुँजीमा प्रतिफल एक दशमलव शून्य एक गुणाले वृद्धि गर्दै १९ दशमलव ५२ प्रतिशतबाट १९ दशमलव ६५ प्रतिशत, प्रति सेयर आम्दानी एक दशमलव ७८ गुणाले वृद्धि गर्दै २१ रुपैयाँ ९६ पैसाबाट ३९ रुपैयाँ १३ पैसा पु-याउन सफल भएको छ । समग्र बैंकिङ क्षेत्रको अवस्था हेर्ने हो भने यस अवधिमा स्वपुँजीमा प्रतिफल शून्य दशममलव ६० गुणा र प्रतिसेयर आम्दानी शून्य दशममलव ८४ गुणाले वृद्धि भएको छ । यस अवधिमा समग्र बैंकको बजार पुँजीकरण २९ अर्ब ७८ करोड रुपैयाँबाट दुई दशमलव सात गुणाले वृद्धि हुँदै ८० अर्ब ४८ करोड रूपैयाँ पुगेको छ ।

सहज, सबल, गतिशील, विश्वसनीय तथा उत्तरदायी बैंकिङको अभ्यास गर्दै समग्र बैंकिङ क्षेत्रलाई पुनः परिभाषित गर्न सफल भएको छ । रणनीतिक तथा दीर्घकालीन सोच, कार्यक्षमतामा निपूर्णता तथा कुशल व्यवस्थापकीय क्षमतायुक्त न्यौपाने यस बैंकलाई नयाँ उचाईमा पु-याउन सफल हुँदै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित अवार्ड र सम्मानबाट सम्मानित भएका छन् । नेपालको बैंकिङ क्षेत्रमा गरेका विशेष योगदानको मुल्यांकन गर्दै न्यौपानेले सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रवल जन सेवा श्री चतुर्थबाट विभूषित भएका थिए । त्यसैगरी उनले मुलुकभरका सीईओहरूको संस्था म्यानेजमेन्ट एसोसियसन अफ नेपाल (म्यान)ले प्रदान गर्ने ‘म्यानेजर अफ दि इयर २०२२’ र ‘कर्पोरेट बिजनेस अवार्ड २०२१’ मा ‘कर्पोरेट सीईओ अफ द इयर, २०७८’ बाट समेत सम्मानित भएका छन् । उनी बेलायतस्थित ग्लोबल बिजनेस आउटलुकले प्रदान गर्ने अन्तर्राष्ट्रिय स्तरको ‘बैंकिङ सीईओ अफ द इयर २०२१’ बाट समेत सम्मानित भएका छन् ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नारासहित सबै सरोकारवालाको पहिलो रोजाईको बैंक बनाउन मुलुकको वित्तीय पहुँच, वित्तीय समावेशिता, कर्जा पहुँच, गरिबी निवारण, रोजगारी सृजना, वित्तीय समानता विकास, सामाजिक न्याय जस्ता राष्ट्रिय लक्ष्य प्राप्तिमा उन प्रमुख कार्यकारी अधिकृतमा भएको पुर्ननियुक्तिले थप योगदान पु-याउने विश्वास बैंकले लिएको छ । साथै, उनको आगामी कार्यकालमा बैंकको व्यावसायिक सफलता एवं देशको आर्थिक वृद्धिमा अमूल्य योगदान हुनेछ भन्ने पूर्ण विश्वासका साथ उनलाई हार्दिक बधाई दिँदै सम्पूर्ण बैंक परिवाले उनको सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x