Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपोखरा महानगरमा ग्लोबल आईएमई बैंकका दुई नयाँ शाखा

पोखरा महानगरमा ग्लोबल आईएमई बैंकका दुई नयाँ शाखा


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले बुधबारदेखि पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुईवटा नयाँ शाखाहरू सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या दुई सय ९२ वटा पुगेको छ । बैंकले पोखरा महानगरपालिकाको वडा नं. १७, बिरौटा र वडा नं. २४, पामेमा एकैसाथ दुईवटा नयाँ शाखाहरू सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखाहरूबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध हुने बैंकले जनाएको छ । ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले दुई सय ९२ वटा शाखा, दुई सय ७० वटा एटीएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी आठ सय ९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ ।

No description available.

त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x