महालक्ष्मी विकास बैंकको आवास र व्यावसायिक कर्जामा विशेष योजना सार्वजनिक
काठमाडौं । महालक्ष्मी विकास बैंकले उद्यमशील कर्जाअन्तर्गत विशेष कर्जा सुविधा योजना सार्वजनिक गरेको गरेको छ । बैंकका अनुसार घर निर्माण गर्न इच्छुकहरूलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरूलाई लक्षित गरी उद्यमशील कर्जाअन्तर्गत विशेष कर्जा सुविधा सार्वजनिक गरिएको हो ।
बैंकका अनुसार आवास कर्जा योजनाअन्तर्गत ’सपनाको सानो घर प्यारो घर, अब पूरा हुनेछ सबैको रहर’ धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम १५ वर्ष, घर निर्माणमा अग्रीम कर्जा प्रवाह, आकर्षक ब्याजदर तथा कर्जा शुल्कमा विशेष छुटजस्ता आकर्षक सुविधाहरू प्रदान गर्ने बैंकले जनाएको छ । व्यावसायिक कर्जा योजनाअन्तर्गत ’सरल र सुलभ व्यावसायिक कर्जा, पौरखी हातहरूलाई थप ऊर्जा’ ऋणीका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरू गर्न अग्रिम कर्जा प्रवाह, आकर्षक ब्याजदर तथा कर्जा शुल्कमा विशेष छुटजस्ता सुविधाहरू प्रदान गर्ने बैंकले जनाएको छ ।
घर खरिद गर्न अथवा घर निर्माण गर्न र उद्यम गर्न चाहनेहरूका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा बैंकका सम्पूर्ण शाखाहरूबाट उपलब्ध हुने बैंकले जानकारी दिएको छ । सबै क्षेत्रमा एक सय तीनवटा शाखाहरूमार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहकसंख्या करिब सात लाख रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो
- गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन
- भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट एनपिएल खेल्ने
- द्रुतमार्गको प्रगति सोचेभन्दा राम्रो रहेको संसदीय समितिको निष्कर्ष
- निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
- धनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी
- यूएईलाई हराउँदै यू-१९ महिला विश्वकपमा नेपाल छनोट
- राष्ट्रपति पौडेलले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्रमा राखेको सम्बोधनको पूर्ण पाठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया