नेपाल बैंक र दराजबीच सम्झौता
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई बैंकको ८६औँ वार्षिकोत्सको अवसर साथै दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना यही कात्तिक २५ गतेदेखि मंसिर तीन गतेसम्म लागू हुनेछ ।
बैंकका अनुसार यही कात्तिक १७ बिहीबार बैंकको प्रधान कार्यालयमा भएको उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहकहरूले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान गरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रीम भुक्तानीमा अधिकतम २० प्रतिशत वा तीन हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्नेछ ।
नेपालभर दुई सय २१ वटा शाखाहरू, एक सय ९८ वटा एटीएम साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकहरूलाई वित्तीय सेवा पु-याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरूपमा अगाडि बढिरहेको छ । यही कात्तिक ३० गते आउँदै गरेको आफ्नो ८६औँ वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै भव्यरूपमा मनाउने क्रममा डिजिटल बैंकिङ सेवाहरूमा आकर्षक छुटका योजनाहरू ल्याएको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
- पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते
- २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढे
- देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया