Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजाल्पा सामुदायिक लघुवित्तद्वारा ७७ प्रतिशत लाभांश घोषणा

जाल्पा सामुदायिक लघुवित्तद्वारा ७७ प्रतिशत लाभांश घोषणा


काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ७७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट आफ्ना सेयरधनीहरूलाई उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको यही कात्तिक १९ गते शनिवार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि तीन दशमलव आठ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । १६ करोड रुपैयाँँ चुक्ता पुँजी भएको संस्थाको बोनस सेयर वितरणपश्चात् भने चुक्ता पुँजी २७ करोड ६८ लाख रुपैयाँँ पुग्नेछ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x