छिमेक लघुवित्तको नाफा ३२ करोड ९१ लाख
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ३२ करोड ९१ लाख आठ हजार चार सय ८५ रुपैयाँँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा २१ करोड ४१ लाख पाँच हजार नौ सय ६३ रुपैयाँँ रहेको थियो ।
हाल चुक्ता पुँंजी दुई अर्ब ३२ करोड ४१ लाख रुपैयाँँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा २८ अर्ब ५१ करोड ९७ लाख १३ हजार सात सय १७ रुपैयाँँ निक्षेप संकलन गरी ३३ अर्ब ५९ करोड ४९ लाख ८५ हजार चार सय ५९ रुपैयाँँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७३ करोड ९९ लाख ८८ हजार नौ सय ५० रुपैयाँँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा छ दशमलव ३९ प्रतिशत स्प्रेड दर रहेको संस्थाको वितरणयोग्य नाफा भने २५ करोड ६७ लाख चार हजार छ सय १८ रुपैयाँँ रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले २७ अर्ब एक करोड ९४ लाख ६१ हजार पाँच सय ५५ रुपैयाँँ निक्षेप संकलन गरी ३२ अर्ब ८८ करोड ७७ लाख २८ हजार एक सय ९७ रुपैयाँँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५३ करोड ३८ लाख १७ हजार आठ सय ५२ रुपैयाँँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव शून्य तीन प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर छ दशमलव ६१ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
- पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते
- २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढे
- देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
- काठमाडौंमा अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार
- ‘कनेक्टिङ कर्णाली’अन्तर्गत काठमाडौंमा मगुका तस्वीर-भिडियो प्रदर्शन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया