पुनः १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री
काठमाडौं । नेपाल राष्ट्र बैंकले कात्तिक २१ गते अर्थात् सोमबार पुन १८ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सो दिन पुरानो नवीकरणअन्तर्गतको ट्रेजरी बिल बिक्री गरिएको हो । यसअघि यही कात्तिक १४ गते पनि राष्ट्र बैंकले १६ अर्ब ६६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
जारी मिति कात्तिक २२ गते मंगलबार तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिएका थिए । बिक्री गरिएको उक्त ट्रेजरीहरू क्रमशः २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको सात अर्ब १० करोड र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँबराबरको रहेको छ । जसमध्ये २८ दिनेको २०७९ मंसिर २० गते, ९१ दिनेको २०७९ माघ २४ गते र एक सय ८२ दिने अवधिको २०८० वैशाख २६ गते परिपक्व हुने अवधि तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार आज बिक्री हुने यी ट्रेजरीमा सबै पुरानो नवीकरणअन्तर्गतका रहेका छन् । यसअघि अर्थात् गतसाता पनि राष्ट्र बैंकले ९१ दिने अवधिको पाँच अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको एक अर्ब ५६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सेयर लगानीकर्ता अग्रवालविरुद्ध सीआईबीमा उजुरी
- सहकारी ठगी छानबिनबाट देखिएका कारबाहीयोग्य आठ कसुर
- ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण
- पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते
- २५ सय बिन्दुमा खुम्चियो शेयर बजार
- शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढे
- देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति: राष्ट्रपति पौडेल
- नेपालको अर्थतन्त्र सुधार हुँदै: आईएमएफ उपनिर्देशक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया