Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

कुमारी बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न


काठमाडौं । कुमारी बैंक लिमिटेडले २२औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले सोमबार सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सो सभाबाट सामान्य प्रस्तावको रूपमा पेस गरिएको आव २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आव २०७८/७९ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायतका वित्तीय विवरण र आव २०७९/८० को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ । यसैगरी बैंकले सोही सभामार्फत सेयरधनीहरूलाई कर प्रयोजनसहित चुक्ता पुँजीको १२ दशमलव ५० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको हाल सबै क्षेत्रमा गरी दुई सय ३३ सेवा केन्द्रहरू (एक सय ९९ वटा शाखा र ३४ एक्सटेन्सन काउन्टर) तथा एक सय ९५ वटा एटीएमहरूमार्फत ग्राहकहरूलाई विविध प्रकारका नवीनतम एवं आधुनिक उत्पादन र सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ । बैंकले प्रदान गर्ने सेवामा आधुनिक प्रविधिको प्रयोगबाट वित्तीय बजारमा विशिष्ट स्थान बनाउन सफल भएको, भिसा इलोक्ट्रोन डलर डेबिट कार्डहरू नेपाल, भारत र संसारभरि नै भिसाको सञ्जालमार्फत पहुँचयोग्य भएको, साथै नवीनतम प्रविधिको उपयोग गर्दै कुमारी फोन–पे कर्जा सेवा प्रदान गर्दै आएको छ ।

बैंकको आव २०७८/७९ मा चुक्ता पुँजी १४ अर्व ७१ करोडभन्दा बढी रहेको छ भने आव २०७९/८० को प्रथम त्रैमाससम्म निक्षेप एक खर्ब ७३ अर्ब र कर्जा, सापटी तथा अधिविकर्ष एक खर्ब ६१ अर्ब तथा नाफा एक अर्ब १४ लाख रहेको छ । बैंकले आफ्ना सम्पूर्ण ग्राहकवर्ग, संस्थापक तथा सर्वसाधारण सेयरधनी, सञ्चार जगत, बैंकसँग सम्बन्धित विभिन्न सरकारी एवं नियमनकारी निकाय तथा सम्पूर्ण कर्मचारी वर्गको अहिलेसम्म प्राप्त सहयोग, सद्भाव तथा विश्वास आगामी दिनमा पनि निरन्तर रहिरहने अपेक्षा राख्दै आगामी दिनमा ग्राहकहरूलाई अझ छिटो, छरितो र सरल बैंकिङ सेवा दिने क्रम जारी रहने प्रतिबद्धता व्यक्त गरेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x