Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंक दुहबी शाखाको नवनिर्मित भवन उद्घाटन

नेपाल बैंक दुहबी शाखाको नवनिर्मित भवन उद्घाटन


काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले दुहबी शाखाको नवनिर्मित भवनको समुद्घाटन गरी आफ्नो सेवा सुरु गरेको छ । नेपाल बैंक दुहबी शाखाका शाखा प्रबन्धक राम भुषण सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा दुहबी नगरपालिकाका प्रमुख (मेयर) वेद नारायण गच्छदार, विशिष्ट अतिथि मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा. दिननाथ फुयाल तथा नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं. ०१ का प्रमुख मुख्य प्रबन्धक सुर्य प्रकाश भट्ट भएको कार्यक्रममा अतिथिको रूपमा नेपाल बैंक लिमिटेड सिअ विराटनगर, इटहरी, बजार अड्डा, विराटचोक, धरान, झुम्का, मिल्स एरिया, टंकिसिनबारी शाखाका शाखा प्रबन्धकहरूको समेत उपस्थिति रहेको थियो भने नेपाल बैंक लिमिटेडका ग्राहकहरू, दुहबी उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, उद्योगी व्यवसायी तथा दुहबी शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि दुहबी नगरपालिकाका प्रमुख (मेयर) वेद नारायण गच्छदारले हालको वित्तीय अवस्था तथा वित्तीय बजारमा रहेको जल्दाबल्दा विषयको बारेमा चर्चा गर्दै नेपाल बैंक नेपालको पहिलो बैंक रहेको तथा दुहबी शाखा पनि यस क्षेत्रको अग्रणी बैंक रहेको साथै नयाँ भवनमार्फत अझ उत्कृष्ट सेवा प्रदान गर्नको लागि शुभकामना व्यक्त गरेका थिए । नेपाल बैंक १ नं. प्रदेश कार्यालयका प्रमुख सुर्य प्रकाश भट्टले बैंकले हाल उपलब्ध गराएको सेवा सुविधा नेपाली बैंकहरूमा प्रतिस्पर्धी रहेको उल्लेख गर्दै छिटो, छरितो तथा अब्बल सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाल बैंक लिमिटेड विराटचोक शाखाका शाखा प्रबन्धक रमेश कार्कीले सञ्चालन गरेको कार्यक्रममा सभापति राम भूषण सिंहले उपस्थित हुने सम्पूर्ण प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरू, ग्राहकवर्गहरू, कर्मचारीलगायत सम्पूर्णमा धन्यवादज्ञापन गरी कार्यक्रम समापन गरेका थिए । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x