समिट लघुवित्तले कमायो एक करोड ८५ लाख रुपैयाँ
काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ८५ लाख ४२ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले तीन करोड ९२ लाख ९५ हजार रूपैंयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ४९ करोड ४० लाख रूपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा एक अर्ब ३६ करोड ७० लाख ७६ हजार रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८९ करोड ६६ लाख ९९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड ८० लाख ६१ हजार रूपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ६५ लाख ६२ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव २५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ११ करोड पाँच लाख ९३ हजार रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९४ करोड ६९ लाख ६२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘महालक्ष्मी साहित्य पुरस्कार २०८०’ महाकाव्यकार अर्याललाई
- कुमारी बैंक भिसा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित
- हिमालय उर्जाको १४ लाख कित्ता बढी सेयर लिलाममा
- तालिवानको सत्तामा पीडित महिला
- न्युयोर्कमा भव्यरुपमा मनाइयो इन्द्रजात्रा
- आर्थिक संकट र सुधारको खोजी
- डेङ्गी महामारीको बारेमा केही इतिहास केही रहस्य
- सुशासन कागजमा लेखेर कायम हुने होइन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया