सिटिजन्स बैंकको च्याटबट सेवा ‘सिटिजन्स साथी’
काठमाडौं । सिटिजन्स बैंकले च्याटबट सेवा सिटिजन्स साथीको सुरुवात गरेको छ । डिजिटल बैंकिङलाई सधैं प्राथमिकतामा राख्दै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरू डिजिटलाइज गर्र्नेे क्रममा आफ्ना ग्राहकहरूका लागि वेबसाइटमार्फत च्याटबट सेवा सिटिजन्स साथिको शुभारम्भ गरेको जानकारी बैंकले दिएको छ ।
बैंकका अनुसार यो नवीनतम सेवामार्फत अब ग्राहकहरूले कुनै पनि बैंकिङ सेवाहरूको अनुरोध सिधै च्याटबट सेवा सिटिजन्स साथीद्वारा गर्न सक्नेछन् । साथै ग्राहकहरूले बैंकिङ सेवासम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफर्ममार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन् । यस सेवा गा्रहकमैत्री हुनुका साथै ग्राहकहरूका लागि अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य हुने विश्वास बैंकले लिएको छ । बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ८० वटा शाखा, एक सय ३३ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १४ लाख ९० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ई–केवाईसी, तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुवात गरिसकेको छ । साथसाथै, यस बैंकका ग्राहकहरूको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरूको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक साहायता केन्द्रको समेत स्थापना गरिसकेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘महालक्ष्मी साहित्य पुरस्कार २०८०’ महाकाव्यकार अर्याललाई
- कुमारी बैंक भिसा इन्टरनेसनलद्वारा दुई विधामा सम्मानित
- हिमालय उर्जाको १४ लाख कित्ता बढी सेयर लिलाममा
- तालिवानको सत्तामा पीडित महिला
- न्युयोर्कमा भव्यरुपमा मनाइयो इन्द्रजात्रा
- आर्थिक संकट र सुधारको खोजी
- डेङ्गी महामारीको बारेमा केही इतिहास केही रहस्य
- सुशासन कागजमा लेखेर कायम हुने होइन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया