ग्रामीण विकास लघुवित्तको खुद मुनाफा ऋणात्मक
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा ऋणात्मक देखिएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा संस्थाले एक करोड १८ लाख ३५ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा नौ करोड २० लाख ९६ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा तीन अर्ब ७८ करोड ८९ लाख ८० हजार रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब २४ करोड ५२ लाख २५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २१ करोड ९८ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक अर्ब ३४ करोड ८० लाख ७३ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ९१ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब ८४ करोड ९७ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ५९ करोड २६ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३० करोड २० लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ८९ लाख ९६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव २५ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
- परराष्ट्रमन्त्री डा. राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता
- क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने : प्रधानमन्त्री ओली
- परराष्ट्रमन्त्रीद्वारा विपीन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण
- आगलागीबाट ३५ लाख बराबरको क्षति
- महोत्तरीका विद्यालय गर्मीका कारण बन्द
- कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
- सन नेपाल लाइफको साधारणसभा सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया