Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको ‘भिसा रेमिट्यान्स सेवा’ शुभारम्भ

सिद्धार्थ बैंकको ‘भिसा रेमिट्यान्स सेवा’ शुभारम्भ


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा भिसा रेमिट्यान्स सेवाको सुरुवात गरेको छ । यो नवीन सेवामार्फत विश्वका एक सय ८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकहरूले आफ्ना परिवार, आफन्त तथा साथीहरूलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्नेछन् ।

स्वदेशी तथा विदेशी ग्राहकहरूले भिसा रेमिट्यान्स सेवामा आबद्ध भएका बैंकहरूको मोबाइल/इन्टरनेट बैंकिङ तथा रेमिट्यान्स कम्पनीहरूमार्फत भिसा कार्डको १६ अंकको नम्बर प्रयोग गरी उक्त रकम पठाउन सक्नेछन् । यसरी भिसा रेमिटेन्स सेवामार्फत पठाइएको रकम यस बैंकले जारी गरेको भिसा डेबिट (लिंक गरिएको बैंक खातामा) तथा क्रेडिट कार्डमा सोझै प्राप्त गर्न सक्नेछन् । यस सेवाले गर्दा ग्राहकवर्गहरूको रेमिट्यान्स सेवा अझ छिटो, सुरक्षित र सुविधाजनक रहने विश्वास बैंकले लिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले हाल देशभर एक सय ९३ वटा शाखा (चारवटा एक्सटेन्सन काउन्टरसहित), एक सय १८ शाखारहित बैंकिङ सेवा, एक हजार सात सयभन्दा बढी पीओएस मेसिन र २० हजारभन्दा बढी क्यूआर मर्चेन्टमार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई अधिकतम महत्व दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता विभिन्न डिजिटल बैंकिङ सुविधाहरूआफ्नो वेबसाइटमा रहेको इजी बैंक पोर्टलमार्फत समेत प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x