एमएडब्लू भृद्धि ओमेगा सिक्कीबाट विद्युतीय सवारी सेग्मेन्टमा प्रवेश
काठमाडौं । नेपाली बजारमा विभिन्न ब्रान्डका कमर्सियल तथा प्यासेन्जर सवारी बिक्री गर्दै आइरहेको एमएडब्लू भृद्धिले ओमेगा सिक्की मोबिलिटी (ओएसएम)का विद्युतीय सवारी नेपाली बजारमा ल्याउने भएको छ । त्यसका लागि ओएसएम र एमएडब्लू भृद्धि कमर्सियल भेहिकलबीच आधिकारिक बिक्रेताको सम्झौता भएको हो ।
दुई कम्पनीबीच केही दिनअघि आधिकारिक साझेदारीको सम्झौता भएको थियो । एमएडब्लू भृद्धिले अबको केही समयभित्रै ओएसएमका तीन पाङ्ग्रे विद्युतीय सवारी ल्याउनेछ । वातावरण सुरक्षामा आफूहरू प्रतिबद्ध रहेको र वातावारण र नेपाललाई सुहाउँदो सवारी भित्र्याउन लागेको कम्पनीले जानकारी दिएको छ । पहिलो चरणमा एमएडब्लू भृद्धिले थ्री व्हिलर सवारी भित्र्याउने योजना बनाएको छ । ओएसएमले उत्पादन गरेका उच्च प्रविधियुक्त विद्युतीय सवारीले देशले अंगालेको विद्युतीकरणको अभियानमा सहयोग पुग्ने बताइएको छ । कम्पनीले कम प्रदूषण गर्ने विद्युतीय सवारीको क्षेत्र विस्तारका लागि निरन्तर काम गर्दै जाने कम्पनीले विज्ञप्तिमा जनाएको छ ।
ओमेगा सिक्की मोबिलिटी (ओएसएम) एन्जिलियन ओमेगा ग्रुप अफ विजनेसको सदस्य हो, जुन भारत र विदेशमा अटोमोटिभ र इन्जिनियरिङ उद्योगहरूको लागि स्टिल पार्ट्स निर्माणमा केन्द्रित छ । यो समूहले पछिल्लो पाँच वर्षमा अटोमोटिभ, पूर्वाधार र उच्च प्रविधिको डिजाइन र विकासका धेरै परियोजनाहरू यी क्षेत्रमा ठूलो लगानीका साथ विस्तार गरेको छ । विद्युतीय सवारीसाधनको व्यवसाय समूह कम्पनी ओमेगा सेकी प्रालीले आफ्नो इन–हाउस आर एन्ड डी सुविधामा थ्री व्हिलर सवारीसाधनहरू आकर्षक डिजाइनमा विकास गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया