Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकद्वारा महिला उद्यमीहरू सम्मानित

मुक्तिनाथ विकास बैंकद्वारा महिला उद्यमीहरू सम्मानित


काठमाडौं । मुक्तिनाथ विकास बैंकले महिला उद्यमीहरूलाई सम्मान गरेको छ । बैंकले आर्थिक वर्ष २०७९/०८० मा आफ्नो कार्यक्षेत्र भित्रका ५० वटा स्थानहरूमा बैंकको लघु बैंकिङ कार्यक्रममा आबद्ध सदस्यहरूलाई केन्द्र गोष्ठी तथा वित्तीय साक्षरता कायक्रम आयोजना गरी सम्मानित गरेको हो ।

उत्कृष्ट महिला उद्यमीहरूलाई सम्मान तथा उनीहरूलाई आफ्नो व्यवसाय विस्तार तथा व्यवस्थापन गर्नका लागि वित्तीय ज्ञान र वित्तीय प्रणालीको बारे जानकारी दिने उद्देश्यले यस कार्यक्रम आयोजना भएको बैंकले जानकारी दिएको छ । उक्त कार्यक्रममा स्थानिय निकायका पदाधिकारी, स्थानीय भद्रभलादमी र विभिन्न पेशामा आबद्ध भएका महिला उद्यमीहरूसहित लगभग तीन हजार पाँच सय जनाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा लघु बैंकिङअन्तर्गत विभिन्न कृषि, पशुपालन तथा साना–साना उद्यमहरू सञ्चालन गरिरहेका उत्कृष्ट दुई सय ६४ जना महिला उद्यमीहरूलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा महिला सशक्तीकरण, वित्तीय ज्ञान र देश विकासको प्रमुख आधार, कृषिमा व्यावसायिक सुधार भन्ने अभियानलाई प्राथमिकतामा राखी मुक्तिनाथ कृषि कम्पनीका अधिकारीहरूको उपस्थितिमा स्थानिय किसानहरूको समस्या सुन्ने, समस्या समाधान गर्ने र कृषि पेसालाई सम्मानित पेसाको रूपमा विकास गर्ने उपायहरू सिकाउने कार्य पनि भएको थियो ।

अहिलेको २१औँ सताब्दीमा देशको आर्थिक विकासमा नारीहरूको भूमिका रहने भएकोले नारीलाई घरभित्रको कामहरूमा मात्र सीमित नगरी सही वातावरण र अवसर समयमै प्रदान गर्न सकियो भने नारीहरूले जस्तोसुकै कार्यहरू र उच्च पदहरू सम्हाल्ने क्षमता राख्नेछन् भन्ने सोचले उनीहरूको मनोबल उच्च राख्नका लागि बैंकले समय समयमा यस्ता कार्यक्रमहरू गर्दै आएको छ । साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जानकारी पनि बैंकले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x