Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकको नयाँ शाखा काठमाडौंको सितापाइलामा

सानिमा बैंकको नयाँ शाखा काठमाडौंको सितापाइलामा


काठमाडौं । सानिमा बैंक लिमिटेडले शुक्रबारबाट काठमाण्डौको सितापाइलामा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । बैंकका अनुसार उक्त शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्तरूपमा गरेका हुन् ।

उद्घाटन समारोहमा सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिनुका साथै, अन्य स्थानहरूमा पनि शाखा विस्तार गर्दै ग्राहकहरूले पाउने सेवा सुविधा बढाउँदै जाने लक्ष्य लिएको बताए । त्यसैगरी प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा सद्भावका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकको देशका सातै प्रदेशमा एक सय ३० वटा शाखा कार्यालयहरू र एक सय २२ वटा एटीएम सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x