Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक एक हजार आठ सय ९३ दशमलव ७३ बिन्दुमा

बजार परिसूचक एक हजार आठ सय ९३ दशमलव ७३ बिन्दुमा

सातामा सात अर्ब २३ करोड ७१ लाख ९० हजार रूपैयाँको सेयर खरिदबिक्री


काठमाडौं । यससाता सेयरबजार परिसूचक एक हजार आठ सय ९३ दशमलव ७० बिन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७२ दशमलव ३७ बिन्दुमा सीमित हुन पुगेको छ ।

यस साता धितोपत्र बजारमा दुई सय २८ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार एक लाख २८ हजार एक सय ३८ पटकको कारोबारमा एक करोड ८४ लाख ४३ हजार सात सय ८० कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम सात अर्ब २३ करोड ७१ लाख ९० हजार दुई सय ६० रूपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै तीन अर्ब रूपैयाँले बढी हो ।

गत साता भने धितोपत्र बजारमा दुई सय ३१ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार ९२ हजार आठ सय ६७ पटकको कारोबारमा एक करोड ३६ लाख छ हजार आठ सय १६ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम चार अर्ब ३५ करोड ४८ लाख चार हजार नौ सय ५८ रूपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्यदिन नै खुला रहेको थियो । जसमध्ये पहिलो दिन बजार परिसूचक उकालो लागेको थियो भने बाँकी दिनहरूमा बजार परिसूचक लगातार ओरालो लागेको थियो ।

पहिलो कारोबार दिन पनि बजार परिसूचक ४३ दशमलव दुई अंकले उकालो लागेर एक हजार नौ सय ६५ दशमलव ३६ बिन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव नौ अंकले उकालो लागेर तीन सय ८७ दशमलव ५२ बिन्दुमा चढेको थियो । दोस्रो कारोबार दिन भने बजार परिसूचक छ दशमलव ४३ अंकले ओरालो लागेर एक हजार नौ सय ५८ दशमलव ९४ बिन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १९ अंकले ओरालो लागेर तीन सय ८५ दशमलव ५३ बिन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन पनि बजार परिसूचक दुई दशमलव ५७ अंकले ओरालो लागेर एक हजार नौ सय ५६ दशमलव ३६ बिन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १२ बिन्दुले ओरालो लागेर तीन सय ८४ दशमलव २१ बिन्दुमा झरेको थियो ।

चौथो कारोबार दिन पनि बजार परिसूचक ३९ दशमलव १५ अंकले ओरालो लागेर एक हजार नौ सय १७ दशमलव २२ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ६८ बिन्दुले ओरालो लागेर तीन सय ७६ दशमलव ५३ बिन्दुमा झरेको थियो । पाँचौँ कारोबार दिन पनि बजार परिसूचक २३ दशमलव ५२ अंकले ओरालो लागेर एक हजार आठ सय ९३ दशमलव ७० बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव १७ बिन्दुले ओरालो लागेर तीन सय ७२ दशमलव ३७ बिन्दुमा झरेको थियो ।

यससाता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यससाता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x