स्वाभिमान लघुवित्तको नाफा ६७ लाख ८२ हजार रुपैयाँले ऋणात्मक
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ६७ लाख ८२ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ७४ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १२ करोड १७ लाख ८२ हजार रूपैैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा ६९ करोड ६२ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १३ करोड एक लाख तीन हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ६७ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ लाख २८ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव २७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ५५ करोड छ लाख ९६ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७१ करोड ३५ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई करोड ११ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३५ लाख २३ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात शुन्य दशमलव ८९ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
- इन्फोडेभलपर्स र साङ्ग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
- प्राइम कमर्सियल बैंकको साधारणसभा आह्वान
- कृति भेञ्चर फन्डले आईपीओ जारी गर्ने
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ११ करोड ५३ लाख
- शाइन रेसुंगा विकास बैंकद्वारा लाभांश घोषणा
- ग्लोबल आईएमई लघुवित्तको नाफा चार करोड
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया