Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु बैंकको ‘भिसा डाइरेक्ट रेमिन्ट्यान्स सेवा’

प्रभु बैंकको ‘भिसा डाइरेक्ट रेमिन्ट्यान्स सेवा’


काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘भिसा डाइरेक्ट रेमिन्ट्यान्स सेवा’ सुरु गरेको छ । अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेसनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरु गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार यो सेवामार्फत विदेशबाट यस बैंकको भिसा डेबिट कार्डका ग्राहकलाई विनाझन्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाएको छ । यस सेवाअन्तर्गत भिसा डाइरेक्टमा सहभागी रहेका एक सय ८० भन्दा वढी देशहरूबाट नेट बैंकिङ, मोबाइल वा एटीएममार्फत यस बैंकद्वारा जारी गरिएको १६ अंकको भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै स्थानबाट नेपालमा रहेका आफन्तजनहरूलाई सरल, सहज र सुरक्षित तरिकाले चाहेको समयमा नै रकम पठाउन सकिने भएको छ ।

भिसा डाइरेक्ट रेमिट्यान्स सेवा उपभोग गरी प्रभु बैंकका भिसा डेबिट कार्डका सम्पूर्ण ग्राहकहरूले अधिकतम लाभ लिने विश्वास लिएको बैंकको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x