Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी बैंकको फिफा विश्वकप २०२२ लक्षित योजना

लक्ष्मी बैंकको फिफा विश्वकप २०२२ लक्षित योजना


काठमाडौं । लक्ष्मी बैंकले फिफा विश्व कप २०२२ लाई लक्षित योजना सार्वजनिक गरेको छ । विश्वकै सबैभन्दा ठूलो खेलमेला फिफा विश्वकपको दिनगन्ती सुरु भइसकेको छ र फुटबलका पारखी नेपाली प्रशंसकहरु हरियो मैदानहरुमा देखिने जादुमयी खेलहरुको प्रत्यक्षदर्शी बन्नका लागि आतुर भइसकेका छन् ।

यो विश्वव्यापी लोकप्रियता बोकेको प्रतियोगितालाई उत्सवको रुपमा मनाउने क्रममा लक्ष्मी बैंकले बचतको महत्वलाई उजागर गर्न गोलरक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ एक नयाँ योजना सेभ लाइक अ च्याम्पियन (बचत गरौँ, च्याम्पियन बनौँ) सञ्चालन गर्ने भएको हो । यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरुको भविष्य उज्ज्वल बनाउन ‘बचत’को शक्ति र भावनालाई प्रवर्द्धन एवं प्रोत्साहन गर्ने लक्ष्य लिएको छ ।

अभियान नोभेम्बर २०, २०२२ देखि डिसेम्बर ३१, २०२२ सम्म सञ्चालन हुनेछ । यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताहरुलाई पूर्वस्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ प्याकेज (बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बेैकिंङ, डिम्याट खाता, मेरो सेयर, भाइबर बैंकिङ, इमेल समाधानहरु) र खुत्रुक्केलगायतका आकर्षक उपहारहरु प्रदान गर्ने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार बचत खाताका अफरहरुका साथै, ग्राहकहरुले विभिन्न प्रतियोगितामा भाग लिन पनि सक्नेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x