Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकको ८६ वार्षिकोत्सव समारोह

नेपाल बैंकको ८६ वार्षिकोत्सव समारोह


काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८६औँ वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ । विसं १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेड यही कात्तिक ३० गते आफ्नो ८५औँ वर्ष पूरा गरी ८६औँ वर्षमा प्रवेश गरेको छ ।

प्रधान कार्यालयको प्राङणमा आयोजित वार्षिकोत्सव समारोहको प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारी रहेका थिए । त्यसैगरी नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका पूर्वडाइरेक्टर जनरल हिमालय शमशेर जबरा, अर्थ मन्त्रालयका राजस्व सचिव रामेश्वर दंगाल, नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष अनिल कुमार उपाध्याय विशेष अतिथिको रूपमा रहेका उक्त समारोहको अध्यक्षता बैंकका सञ्चालक समिति अध्यक्ष गंगा प्रसाद ज्ञवालीले गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको पहिलो बैंक ८६ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना प्रकट गर्दै नेपालको बैंकिङ विकास र उद्यमशीलताको प्रवद्र्धनमा नेपाल बैंकको अतुलनीय भूमिका रहेको र प्रत्यक वर्ष कात्तिक ३० गतेलाई नेपालको बैंकिङ क्षेत्रको ऐतिहासिक बैंकिङ दिवसको रूपमा लिन सकिने विषयमा जोड दिएका थिए । त्यसैगरी आफ्नो शुभकामना मन्तव्य राख्दै कार्यक्रमका विशेष अतिथि अर्थ मन्त्रालयका राजस्व सचिव रामेश्वर दंगालले नेपाल बैंक लिमिटेड नेपालको बैंकिङ क्षेत्रको ऐतिहासिक धरोहर रहेको विषय उल्लेख गर्दै वर्तमान सूचकहरूले बैंक निकै सबल र प्रतिस्पर्धी रहेको धारणा उल्लेख गरेका थिए ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले नेपाल बैंक दिनप्रतिदिन सबल हुँदै गएको विषय उल्लेख गर्दै बैंकले भविष्यमा अझै धेरै प्रगति गर्दै जाओस् भन्ने शुभकामना व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको विगत, वर्तमान र भविष्यको बारेमा चर्चा गर्दै नेपाल बैंकका तीनवटा नयाँ प्रोडक्टहरू क्रमशः अनलाइन एफ्डी, गोल्ड लोन प्रोसेस डिजिटाइजेसन र डलर प्रिपेड कार्ड सञ्चालनमा ल्याएको घोषणा गरेका थिए । त्यसैगरी कार्यक्रममा बैंकमा रहेका ट्रेड युनियनका प्रतिनिधहरूले समेत आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो वार्षिकोत्सव समारोमा बैंकले गत आवमा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखाहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेको थियो । त्यसैगरी वार्षिकोत्सवको अवसर पारेर बैंकले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताका विजयीहरूलाई समेत प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो । बैंकले केएल दुगड गु्रपका अध्यक्ष किसलनलाल दुगड र द्वारिकाज होटलका अध्यक्ष श्री अम्बिका श्रेष्ठलाई उत्कृष्ट ग्राहकको रूपमा सम्मान गरेको थियो । त्यसैगरी सो समारोहमा बैंकले नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपाल बैंक लि.का विसं २००८ देखि विसं २०११ सम्मका डाइरेक्टर जनरल हिमालय शमशेर जबरालाई अभिनन्दन समेत गरेको थियो । उद्घोषक शिवानी सिंह थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा ८६औँ वार्षिकोत्सव मूल समारोह समितिका संयोजक प्रकाश कुमार अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरू, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तलगायत उच्च व्यवस्थापनका सदस्यहरू, बैंकका पूर्वअध्यक्षहरू, पूर्वप्रमुख कार्यकारी अधिकृतहरू, पूर्वमहाप्रबन्धक तथा पूर्वनायब महाप्रबन्धकहरूलगायतका पूर्वकर्मचारीहरू, बैंकमा कार्यरत कर्मचारीहरू, पत्रकारहरूलगायतकोे उपस्थिति रहेको थियो ।

नेपालभर दुई सय २६ वटा शाखाहरू, एक सय ९९ वटा एटीएम मेसिन साथै ५० वटा एक्टेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकहरूलाई वित्तीय सेवा पु¥याइरहेको बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरूपमा अगाडि बढिरहेको छ । विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपाल नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x