Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलघुवित्त वित्तीय संस्थाहरूमा झण्डै आठ प्रतिशतसम्म कर्जा निष्क्रिय

लघुवित्त वित्तीय संस्थाहरूमा झण्डै आठ प्रतिशतसम्म कर्जा निष्क्रिय


काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूमा झण्डै आठ प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको छ । ती संस्थाहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार उक्त अनुपातमा कर्जा निष्क्रिय देखिएको छ । सोअनुसार सबैभन्दा बढी निष्क्रिय कर्जा वीन लघुवित्त वित्तीय संस्थामा देखिएको छ भने फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा निष्क्रिय कर्जाको अनुपात शून्य देखिएको छ ।

अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको पहिलो त्रैमासमा वीन लघुवित्त वित्तीय संस्थामा सात दशमलव ६७ प्रतिशत कर्जा निष्क्रिय देखिँदा निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा पनि सात दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यसैगरी युनिक, सामुदायिक र एनएमबी लघुवित्त वित्तीय संस्थामा पनि पछिल्लो अवधिमा क्रमशः पाँच दशमलव ७०, पाँच दशमलव ६२ र पाँच दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । आरम्भ चौतारी, नेरुडे, ग्रामिण विकास, आशा र मिथिला लघुवित्त वित्तीय संस्थाहरूमा भने क्रमशः चार दशमलव ९५, चार दशमलव ९३, चार दशमलव ८१, चार दशमलव ६५ र चार दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । लक्ष्मी, सर्पोट, विजय, उन्नती सहकार्य र इन्फिनिटी लघुवित्त वित्तीय संस्थामा भने पछिल्लो अवधिमा क्रमशः चार दशमलव ४४, चार दशमलव ६६, चार दशमलव ९७, चार दशमलव ६१ र चार दशमलव ८० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

चालू आवको पहिलो त्रैमासिक अवधिमा मानुषी, नाडेप, नेस्डो समृद्ध, किसान र जनउत्थान लघुवित्त वित्तीय संस्थामा क्रमशः चार दशमलव शून्य दुई, चार दशमलव ९७, चार दशमलव ४१, चार दशमलव ९८ र चार दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । मेरो माइक्रो, अभियान, आँधीखोला र किसान लघुवित्त वित्तीय संस्थामा पनि क्रमशः चार दशमलव ८९ प्रतिशत, चार दशमलव ९१ प्रतिशत, चार दशमलव ८७ र चार दशमलव ८९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । एनआईसी एसिया, मिर्मिरे, डिप्रोक्स, कालिका र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थामा पनि चालू आवको पछिल्लो अवधिमा क्रमशः तीन दशमलव ८१, तीन दशमलव ४७, तीन दशमलव ६८, तीन दशमलव ३७ र तीन दशमलव १० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । नयाँ सारथी, स्वावलम्वन, समता र गुराँस लघुवित्त वित्तीय संस्थामा भने क्रमशः तीन दशमलव ८३, तीन दशमलव ९०, तीन दशमलव ४१ र तीन दशमलव नौ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यसैगरी सबैको लघुवित्त र जाल्पा लघुवित्त वित्तीय संस्थामा पनि क्रमशः तीन दशमलव २६ र तीन दशमलव ६१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

साधना, समिट, सिर्जनशील, फरवार्ड र नेशनल माइक्रोफाइनान्सल लघुवित्त वित्तीय संस्थामा भने चालू आवको पछिल्लो अवधिमा क्रमशः दुई दशमलव ९९, दुई दशमलव २५, दुई दशमलव १० र दुई दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यसैगरी नेशनल माइक्रोफाइनान्स, ग्लोबल आईएमई, गणपती, सिभिल र महुली लघुवित्त वित्तीय संस्थामा पनि क्रमशः दुई दशमलव ९५, दुई दशमलव ७३, दुई दशमलव १९, दुई दशमलव ६० र दुई दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यीबाहेकका स्वरोजगार, महिला, सीवाईसी, उपकार र खप्तड लघुवित्त वित्तीय संस्थाहरूमा पनि क्रमशः दुई दशमलव ७५, दुई दशमलव ७७, दुई दशमलव ८७, दुई दशमलव ७९ र दुई दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेका छन् ।

चालू आवको पहिलो त्रैमासिक अवधिमा राष्ट्र उत्थान, आदर्श, स्वाभिमान र जीवन विकास लघुवित्त वित्तीय संस्थाहरूमा भने क्रमशः एक दशमलव ४३, एक दशमलव ४७, एक दशमलव २७ र एक दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यीबाहेकका आरएसडिसी, आरएमडीसी र साना किसान लघुवित्त वित्तीय संस्थाहरूमा भने निष्क्रिय कर्जाको अनुपात क्रमशः शून्य दशमलव ६०, शून्य दशमलव शून्य सात र शून्य दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यसैगरी छिमेक लघुवित्त र र किसान लघुवित्त वित्तीय संस्थामा पनि निष्क्रिय कर्जाको अनुपात क्रमश शून्य दशमलव ८१ र शून्य दशमलव ७५ प्रतिशत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x