लुम्बिनी विकास बैंकले १२ प्रतिशत लाभांश दिने
काठमाडौं । लुम्बिनी विकास बैंकले १२ प्रतिशत अर्थात् ३९ करोड ४१ लाख १५ हजार एक सय एक रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको छ । यही मंसिर २ गते बसेको सञ्चालक समितिको चार सय ३५औँ बैठकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी तीन अर्ब २८ करोड ४२ लाख ९२ हजार पाँच सय १० रुपैयाँमध्येबाट उक्त परिमाणमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
घोषित लाभांशमध्येमा नौ प्रतिशत अर्थात् २९ करोड ५५ लाख ८६ हजार तीन सय २५ रुपैयाँबराबरको नगद लाभांश र तीन प्रतिशत अर्थात् नौ करोड ८५ लाख २८ हजार सात सय ७५ रुपैयाँबराबरको बोनस सेयर रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैंठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् कार्यान्वयनमा आउनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया