कालिञ्चोक दर्शनद्वारा साधारण सेयरको बिक्री आह्वान
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीमा रहेको नेपाली नागरिकहरूको लागि साधारण सेयरको बिक्री आह्वान गरिएको हो ।
हाल कायम रहेको जारी पुँजी ६० करोड रुपैयाँमध्येबाट दुई प्रतिशत अर्थात् एक करोड २० लाख रुपैयाँबराबरको एक लाख २० हजार कित्ता साधारण सेयर आयोजना पभावित क्षेत्रका जनताको लागि बिक्री आह्वान गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका जनताको लागि खुला हुने साधारण सेयरको बिक्रीकार्य यही मंसिर १४ गतेबाट सुरु भई ढिलोमा मंसिर २८ गते र छिटोमा पुस १५ गते बन्द हुनेछ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम चार हजार नौ सय ९० कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले वैदेशिक रोजगारीका क्रममा रहेका जनताको लागि भने जारी पुँजीको १८ प्रतिशतले हुनआउने १० करोड ८० लाख रुपैयाँबराबरको १० लाख ८० हजार कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको छ । यसको लागि यही मंसिर १४ गतेबाट खुला हुने साधारण सेयरको बिक्रीकार्य मंसिर २८ गते बन्द हुनेछ । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम १० हजार आठ सय कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा भने नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया