Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनिफ्राको ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित

निफ्राको ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरधनीहरूलाई ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । बैंकको शनिबार सम्पन्न चौथो वार्षिक साधारणसभाले बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोडको ४.२१०५ प्रतिशतले हुने रकम ९० करोड ९४ लाख ६८ हजार नगद लाभांस (लाभांश कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

यस्तै सभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा समयसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ । साथै उक्त सभाले आर्थिक वर्ष २०७८/७९ कोे वित्तीय विवरणहरूसहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव एवं आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । अनुपम फुडल्यान्ड एन्ड ब्याङ्क्वट, बत्तीसपुतली, काठमाडौंमा सम्पन्न उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका थिए । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरू केदारनाथ शर्मा, चन्द्र प्रसाद ढकाल, लालमणि जोशी, शंकर प्रसाद अधिकारी, सुमन पोखरेल, लिमा अधिकारी आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडालगायत बैंक परिवारको उपस्थिति रहेको थियो । स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालीन स्रोत संकलन गरी मुलुकको पूर्वाधारका परियोजनाहरूमा लगानीको पहुँच वृद्धि गर्ने उद्देश्यका साथ स्थापित यस बैंक हाल सञ्चालनको चौथो वर्षमा रहेको छ ।

आव २०७८/७९ सम्म आइपुग्दा बैंकले ३२ अर्ब ८९ करोडको कर्जा स्वीकृत गर्दै १५ अर्ब ५८ करोडबरबरको कर्जा प्रवाह गरेको र सोही अवधिमा बैंकले एक अर्ब दुई करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले मुलुकमा निर्माण हुने सबल तथा दीर्घकालीन पूर्वाधारहरूमा सफल अभ्यासहरू अँगाली सार्वजजिक तथा निजी क्षेत्रको सहकार्य र लगानी प्रवर्द्धन गर्ने विषयहरूलाई मुख्य आधार स्तम्भ बनाई चारवर्षे रणनीतिक योजनाअनुरूप व्यावसायिक गतिविधिहरूलाई तीव्रता दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x