Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसाना–साना उद्यमी हातहरूलाई मुक्तिनाथ विकास बैंकको साथ

साना–साना उद्यमी हातहरूलाई मुक्तिनाथ विकास बैंकको साथ


काठमाडौं । विगत डेढ दशकदेखि मुक्तिनाथ विकास बैंक लि.ले लघुवित्त कार्यक्रममार्फत सहर तथा ग्रामीण भेगमा रहेका कम आय भएका महिला तथा उद्यमी व्यक्तिहरूलाई प्राथमिकतामा राखी घर–घरमा कर्जा बचतको कारोबार गर्दै उद्यमशीलता विकासमा योगदान दिँदै आएको छ । यसै सन्दर्भमा कफीको गेडा छान्ने, पिँध्ने, प्याकिङ गर्ने, कफिजन्य पदार्थ उत्पादन गर्ने, बेकरी उत्पादनको क्रियाकलाप गर्ने, आयातसम्बन्धी क्रियाकलाप गर्ने र दैनिक जीविकोपार्जनमा कठिन भएका व्यक्तिहरूलाई कफी व्यवसायसम्बन्धी तालिम दिई व्यवसायी बनाउँदै आएको कठमाडौं पुतलीसडकमा अवस्थित कफी सोलुसन प्रालि र मुक्तिनाथ विकास बैंक लि. बीच एक कार्यक्रम माझ कफी व्यवसाय सञ्चालन गर्न चाहने व्यक्तिहरूलाई व्यवसायिक कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

कफी सोलुसन प्रालिले कफीसम्बन्धी व्यवसाय सञ्ंचालन गर्न इच्छुक व्यक्तिहरूलाई छनौट गरी आवश्यक तालिमहरू दिई सक्षम बनाई सशुल्क कफी मेसिन उपलब्ध गराउनेछ भने कफी मेसिनको लागतको ५० प्रतिशतसम्मको लागतबराबरको रकम व्यवसायीलाई विनाधितो ऋणस्वरूप मुक्तिनाथ विकास बैंकले उपलब्ध गराउनेछ । ऋण लिएर व्यवसाय सुरु गरी त्यही व्यवसायबाट आर्जन गरेको रकमले व्यवसायीले बैंकलाई मासिकरूपमा किस्ता तिर्न मिल्ने व्यवस्था गरेको छ । यो कार्यबाट साना वर्गका व्यवसायीहरूको दैनिक जीविकोपार्जन हुनुको साथै स्वरोजगार सिर्जनामा सहयोग पुग्ने र भविष्यमा ठूला व्यवसायीको रूपमा रूपान्तरित भई उद्यमशीलता विकासका साथै अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पार्नसक्ने अपेक्षा यसै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले लिएका छन् । यस्तै कफी सोलुसन प्रालिका निर्देशक हरि रायमाझीले मुक्तिनाथ विकास बैंक लिले न्यून आय भएका वर्गका व्यक्तिहरूलाई प्राथमिकता दिई आयआर्जन वृद्धि गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेको प्रति खुशी व्यक्त गरेका छन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्सजम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदिजस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x