नेशनल लाईफको अभिकर्ता भेला तथा सम्मान कार्यक्रम
काठमाडौं । नेशनल लाईफ इ्रन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेश को महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आतिथ्यतामा बुधबार सम्पन्न भएको उ्क्त कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई बीमा विक्रय कला सम्वन्धमा प्रशिक्षण दिएका थिए ।
प्रमुख कार्यकारी अधिकृतज्यूले,कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई सक्षम र व्यवसायिक बनाउदै लैजाने नीति अनुरुप कम्पनीले अभिकर्ता संग सम्वन्धित विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको र सोही क्रममा महेन्द्रनगरमा यो कार्यक्रम गरिएको जानकारी गराए ।
कार्यक्रममा महेन्द्रनगर शाखासंग आवद्ध भई जीवन बीमा व्यवसायमा सक्रिय रहनु भएका करिब १७५ जना अभिकर्ताहरुको उपस्थिती रहेको थियो भने सो शाखाबाट उत्कृष्ठ व्यवसाय गर्ने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले खादा माला र मायाको चिनोले सम्मान गर्नुभएको थियो । सम्मानित अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नो कार्यथलो महेन्द्रनगरमा नै सम्मानित हुन पाउँदा अति नै खुशी लागेको बताए । कार्यक्रम महेन्द्रनगर शाखाका शाखा प्रमुख नविन किशोर भट्टले संचालन गरेका थिए भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले सहभागि अभिकर्ताहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया