नेपाल बैंकको शाखा रूपन्देहीको चौराहामा
काठमाडौं । नेपाल बैंक लिमिटेडले लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाको चौराहामा शाखा स्थापना गरी सेवा विस्तार गरेको छ । बैंकले शुक्रबार बुटवल उपमहानगरपालिका–९ चौराहाबाट औपचारिकरूपमा सेवा सुरु गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।
नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगाप्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयले संयुक्तरूपमा शाखाको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रतिस्पर्धात्मक बैंकिङ बजारमा चुस्त दुरुस्त सेवासहित आफ्नो उपस्थिति बढाउन बैंकले शाखा विस्तारलाई जोड दिएको अध्यक्ष गंगाप्रसाद ज्ञवालीले बताए ।
बैंकको हाल नेपालभर दुई सय २६ वटा शाखा कार्यालय र एक सय ९९ वटा एटीएम शाखा छ । बैंकले ५० वटा एक्सटेन्सन काउन्टरमार्फत देशभरका २३ लाख ग्राहकलाई सेवा दिँदै आएको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया