Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार१२ कार्यक्रमहरूसहित सिभिल बैंकले मनायो आफ्नो १२औँ वार्षिक उत्सव

१२ कार्यक्रमहरूसहित सिभिल बैंकले मनायो आफ्नो १२औँ वार्षिक उत्सव


काठमाडौं । सिभिल बैंकले देशैभरि विविध १२ कार्यक्रमहरूको आयोजना गरी आफ्नो १२औँ वार्षिकोत्सव मनाएको छ । यी कार्यक्रमहरूअन्तर्गत बैंकले देशको विविध छ स्थानमा ‘गो क्यासलेस’ अभियान, जावलाखेल शाखामा प्रायोरीटि बैंकिङ सेवाको उद्घाटन, पाँचथरको याङ्वरक शाखामा एटीएम सेवा प्रारम्भ, सामाजिक उत्तरदायित्वका कार्यक्रमसहितका एक दर्जन कार्यक्रमहरू गरेर मनाएको जानकारी दिएको छ । यी कार्यक्रमरु निम्नलिखित रहेका छन्,

(१) देशको विविध छ स्थानमा ‘गो क्यासलेस’ अभियान–
नेपाल राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नीतिअनुरूप बैंकले सफा टेम्पुहरूको भाडा क्यूआर कोडमार्पmत भुक्तानी गर्ने कार्यको थालनी गरी ‘गो क्यासलेस’ अभियानलाई निरन्तरता प्रदान गरेको छ । जसमध्ये जावलाखेलको ‘गो क्यासलेस’ अभियानको समुद्घाटन समारोह बैंकले आफ्नो बाह्रौँ वार्षिकोत्सवको दिनमा र वार्षिकोत्सवको लगत्तै पछि नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा गरी कुल छ स्थानहरूका ट्याम्पुहरूमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी गरिने कुरा बैंकले जनाएको छ ।

जावलाखेलको ‘गो क्यासलेस’ अभियानको समुद्घाटन समारोहका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त अभियानको उद्घाटन गरेका थिए । समुद्घाटन समारोहमा बोल्दै उहाँले नगदरहित अर्थतन्त्र आजको आवश्यकता भएको र यसले सिंगो राष्ट्रलाई समृद्धिको पथमा डोहो-याउने कुरा बताए ।

नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात् गर्न पनि नगदरहित अभियान अपरिहार्य कुरा भएको नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बताए । उक्त समारोहमा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, सिभिल बैंकका अध्यक्ष प्रताप जंग पाण्डे, सञ्चालकहरू अम्बीर बोगटी, प्रकाश तायल, युगेश बहादुर मल्ल, शम्भु प्रसाद पन्त, प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल, विभिन्न टेम्पु यातायात व्यवसायी संघका प्रतिनिधिहरू, फोन–पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा तथा टेम्पु व्यवसायीहरू तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

अब उक्त क्षेत्रका सफा टेम्पोहरूमा यात्रा गर्ने यात्रीहरूले आफ्नो मोबाइल बैकिङ एप अथवा स्मार्ट वालेट एपमार्फत विना कुनै झन्झट भुक्तानी गर्न सक्नेछन् जसले गर्दा खुद्रा पैसाको झन्झटबाट पनि मुक्ति मिल्नेछ ।

२) जावलाखेल शाखामा प्रायोरिटी बैंकिङ सेवाको उद्घाटन–
बैंकको जावलाखेल शाखामा प्रायोरिटी बैंकिङ सेवाको सुरु गरेको छ जसको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष प्रताप जंग पाण्डे तथा बैंकका निक्षेपकर्ता धनञ्जय आचार्यले संयुक्तरूपमा गरेका थिए ।

३) याङ्वरक शाखामा एटीएम सेवा प्रारम्भ– बैंकले आफ्नो पाँचथरस्थित याङ्वरक शाखामा एटीएम सेवा प्रारम्भ गरेकोे छ जसको समुद्घाटन याङ्वरक गाउँपालिकाका अध्यक्ष भिम बहादुर योङ्याले गरेका छन् । याङ्वरक देशकै विकट दुर्गम स्थानमा पर्दछ जसमा सिभिल बैंकले मात्रै उपस्थिति जनाएको छ साथै यस एटीएम उक्त गाउँपालिकाको पहिलो एटीएम हो । यस एटीएम सेवाले त्यस भेगका स्थानीयलाई सेवाको अतिरिक्त आधुनिक बैंकिङ सेवाको बारेमा पनि बुझ्न मदत गर्नेछ ।

सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूः
(४) रक्तदान कार्यक्रम– देशभर छरिएका बैंकका मुख्य शाखासहित ३६ स्थानका निम्न उल्लिखित ५९ शाखाहरूको सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियोे जसबाट कुल नौ सय ८४ पिन्ट रगत संकलन गरिएको थियो ।

(५) जेहन्दार छात्रालाई छात्रवृत्ति कार्यक्रमहरू–
देशभर छरिएका बैंकका ५७ स्थानमा निम्न उल्लिखित शाखाहरूमार्फत विपन्न तथा जेहन्दार छात्राहरूलाई छात्रवृत्ति कार्यक्रमको आयोजना गरी सरकारी विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका गरिब तथा जेहन्दार छात्रालाई छात्रवृत्तिस्वरूप पाँच हजार रुपैयाँ प्रदान गरेको छ ।

(६) वित्तीय साक्षरता कार्यक्रमहरु–
बैंकले आफ्नो विभिन्न शाखाहरूमार्फत विभिन्न उमेरसमूहका व्यक्तिहरूलाई बैंकिङ तथा वित्तीय ज्ञानसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । जसमा देशैभरिबाट करिब पाँच सय जनाले सहभागिता जनाएका थिए ।

(७) कात्तिक नाचलाई आर्थिक सहयोगः
मल्लकालीन राजा सिद्धी नरसिंह मल्लको पालादेखि प्रदर्शन हुँदै आएको तीन सय ८३ वर्ष पुरानो ललितपुरको प्रसिद्ध परम्परागत, सांस्कृतिक एवं ऐतिहासिक नाच ‘कात्तिक नाच’को संरक्षणको लागि बैंकले ७५ हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

(८) नेपाल बाल संगठनलाई आर्थिक सहयोग :
बैंकले नेपाल बाल संगठनमा आश्रित करिब तीन सय ५० जना बालबालिकाहरूको लागि विभिन्न स्टेसनरी सामग्रीहरूको खरिद गर्न ५० हजार रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

(९) निःसहाय सहयोग परिषदलाई आर्थिक सहयोग :
बैंकले सुनसरी जिल्लास्थित धरानमा रहेको निःसहाय सहयोग परिषद्को तालिम भवन निर्माण गर्न ५० हजार रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । उक्त संस्थाले विपन्न तथा पिछडिएका बालबालिकाहरूलाई प्राथमिक तहदेखि उच्च तहसम्मको शिक्षा प्रदान गर्ने तथा विभिन्न सीपमूलक तालिमहरू प्रदान गर्दै आएको छ ।

(१०) राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग–
बैंकले महाबिर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रको ‘उच्च प्रविधि क्लासरुम परियोजना’का लागि ५० हजार रूपैयाँ आर्थिक सहयोग उपलब्ध गरेको छ ।

(११) अपाङ्गता संरक्षण नेपाललाई आर्थिक सहयोग–
बैंकले अपाङता संरक्षण नेपाललाई दृष्टिविहीन व्यक्तिहरूको लागि एक सयवटा सेतो छडी खरिद गर्नका लागि ९५ हजार रूपैयाँ आर्थिक सहयोग उपलब्ध गरेको छ ।

(१२) बेगनाश तालमा लाइफ ज्याकेट हस्तान्तरण–
बैंकले कास्की जिल्लास्थित बेगनाश तालको डुंगा व्यवसायीलाई डुंगाको सवारी गर्नेहरूको सुरक्षाको लागि एक सय थान लाइफ ज्याकेट हस्तान्तरण गरेको छ । ९५ अर्ब २३ करोड रूपैयाँ निक्षेप संकलन गरी करिब ८७ अर्ब ४० करोड रूपैयाँ कर्जा प्रवाह गरेको बैंकले आफ्नो १२औँ वार्षिकोत्सवको अवसरमा १० वर्षदेखि अनवरत सेवा प्रदान गरेका बैंकका कर्मचारीहरूलाई अभिनन्दन गरेको छ । बैंकले यस आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा ४१ करोड ५१ लाख रूपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले हाल एक सय १५ वटा शाखा तथा १३ वटा एक्सटेन्सन काउन्टर तथा एक सय दुईवटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x