Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहुली लघुवित्तको नाफा ५८ लाख २८ हजार

महुली लघुवित्तको नाफा ५८ लाख २८ हजार


काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ५८ लाख २८ हजार पाँच सय ३७ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ६८ लाख २५ हजार एक सय ६४ रूपैयाँ रहेको थियो ।

चुक्ता पुँजी २८ करोड २१ लाख ६९ हजार चार सय ४० रूपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा एक अर्ब ६९ करोड ८३ लाख ६० हजार ४८ रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८५ करोड ४ लाख ३० हजार ७४ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड ३३ लाख पाँच हजार २९ रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ६२ प्रतिशत स्प्रेड दर रहेको संस्थाको वितरणयोग्य नाफा भने दुई लाख एक हजार आठ सय ५५ रूपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ६४ करोड पाँच लाख ८४ हजार तीन सय ६८ रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब ५० करोड ५९ लाख ६९ हजार एक सय ८५ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ६७ लाख ३२ हजार पाँच सय १८ रूपैयाँ खुद ब्याज आम्दानी गरेको संथामा दुई दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर सात दशमलव २१ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x