Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईबीएल एस क्यापिटल र दुगर हेल्थ केयरबीच सम्झौता

एनआईबीएल एस क्यापिटल र दुगर हेल्थ केयरबीच सम्झौता


काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेड र एच मेडिकल एन्ड डायग्नोस्टिक्स प्राइभेट लिमिटेड (एचएमडीएल) (दुगर हेल्थकेयर) बीच सम्झौता भएको छ । सम्झौतामा एनआईबीएल एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र एच मेडिकल एन्ड डायग्नोस्टिक्स प्राइभेट लिमिटेडको तर्फबाट अध्यक्ष अभिषेक दुगडले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

एनआईबीएल एस क्यापिटलले एचएमडीएलमा केही न्यूनतम हिस्सेदारी पनि प्राप्त गर्नेछ । टाटा समूहसँगको सहकार्यमा एचएमडीएलले फर्मास्युटिकल्स औषधि, एन्टिजेन्स डायग्नोस्टिक रिएजेन्टस र अन्य उत्पादनहरू पनि उत्पादन गरी बिक्री गर्ने लक्ष्य राखेको छ । एचएमडीएलले टाटा मेडिकल एन्ड डायग्नोस्टिक्ससँगको सहकार्यमा मेडिकलगायत निदानकारी उत्पादनहरूको विकास, उत्पादन र बजारीकरण गर्दछ । टाटा मेडिकल एन्ड डायग्नोस्टिक्स भारतको सबैभन्दा ठूलो समूह, टाटा समूहको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी होे ।

टाटा मेडिकल एन्ड डायग्नोस्टिक्स, भारतसँगको सहकार्यमा, नेपालभर सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रमुख उद्देश्यका साथ कम्पनीले नेपालमा नै डायग्नोस्टिक र रिएजेन्ट उपकरण उत्पादन गर्न पूर्ण विकसित उत्पादन इकाइहरू स्थापना र सञ्चालन गर्ने योजना बनाएको छ, साथै देशभर उच्च प्रविधियुक्त डायग्नोस्टिक सेन्टरहरू स्थापना गर्ने र विभिन्न उत्पादनहरूलाई बजारमा ल्याउने योजना रहेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x