नेशनल लाइफको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो कार्यक्रममा कम्पनीको अछाम कार्यालयमा आबद्ध करिब एक सय ३५ जना अभिकर्ताहरूको सहभागीता रहेको कम्पनीले जानकारी दिएको छ ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरूमा आबद्ध भई बीमा व्यवसाय गर्दै आएका अभिकर्ताहरूलाई अभिकर्ता पेसामा व्यवसायिक बनाउँदै उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रवर्द्धन गर्दै लैजाने नीतिअनुरूप कम्पनीले यसप्रकारको कार्यक्रम आयोजना गरिएको बताए । साथै उनले अधिकृत खत्रीले बीमा ऐन २०७९ का आधारभूत विषयवस्तुको बारेमा पनि संक्षिप्तरूपमा प्रकश पारेका थिए । कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्ताहरूलाई बीमा विक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा उत्कृष्ट व्यवसाय गरी अछाम शाखाबाट चेयरपर्सन क्लबमा छनोट भएका अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मानपत्रबाट सम्मान गरेका थिए । उक्त कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले कम्पनीले तयार गरेको वार्षिक तथा मासिक स्किमहरूको बारेमा जानकारी गराउका थिए भने कम्पनीको अछाम शाखा प्रमुख दिपक खड्काले सहभागीहरूलाई धन्यवादज्ञापन गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- राष्ट्रपति पौडेलद्वारा किर्गिस्तानले आयोजना गरेको उच्चस्तरीय सत्रलाई सम्बोधन
- देउती बज्यै सुर्खेतका महिला पुजारी मृत फेला
- कोप–२९ः नेपालको सन्दर्भ
- औद्योगिक विकासका लागि ठूला उद्योग
- प्रधानमन्त्रीको नाकैमुनि आठ करोडको भ्रष्टाचार
- स्विट सुपारी उत्पादन गर्ने उद्योगी बोहोराको कारोबार शंकास्पद
- कस्मेटिक उपचारमा लाग्ने महँगो शुल्क घटाउन जलनपीडितको माग
- भारतीय स्थल सेनाध्यक्ष द्विवेदी मङसिर ५ गते नेपाल भ्रमणमा आउँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया