Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबाराही हाइड्रोपावरद्वारा साधारण सेयरको बिक्री आह्वान

बाराही हाइड्रोपावरद्वारा साधारण सेयरको बिक्री आह्वान


काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले यही मंसिर २१ गतेबाट एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी पाँच करोड १५ लाख २२ हजार रूपैयाँ बराबरको पाँच लाख १५ हजार दुई सय २० कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको हो ।

बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्रीकार्य छिटोमा यही मंसिर २६ गते र ढिलोमा यही पुस छ गते बन्द हुनेछ । लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x