Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसुपर मादी हाइड्रोपावर कम्पनीद्वारा साधारण सेयरको बिक्री आह्वान

सुपर मादी हाइड्रोपावर कम्पनीद्वारा साधारण सेयरको बिक्री आह्वान


काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले यही मंसिर २० गतेबाट आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नागरिकहरूको लागि साधारण सेयरको बिक्री आह्वान गरेको हो ।

कम्पनीले हाल कायम रहेको जारी पुँजी दुई अर्ब १० करोड रूपैयाँमध्येबाट १५ प्रतिशतको अनुपातमा ३१ करोड ५० लाख रूपैयाँबराबरको साधारण सेयर बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ र २ का स्थानीयवासीहरूको लागि तीन लाख १५ हजार कित्ता र कास्की जिल्लाकै मादी गाउँपालिका वडा ३, ४, ५, ६, ७, ८, ९, १०, ११, २६, २७ र २८ वडाका स्थानीयहरूको लागि सात लाख तीन सय ५५ हजार कित्ता साधारण सेयर बिक्री गर्नेछ । सोपश्चात् बाँकी रहेको २१ करोड रूपैयाँबराबरको २१ लाख कित्तामध्येबाट हुनआउने १० प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता साधारण सेयर भने वैदेशिक रोजगारीका क्रममा रहेका नेपाली नागरिकहरूको लागि बिक्री हुनेछ । कम्पनीको साधारण सेयरको बिक्री प्रबन्धकको रूपमा भने सानिमा क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री प्रबन्धकको रूपमा भने सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

बिक्री प्रबन्धकका अनुसार आयोजना प्रभावित क्षेत्रका जनताको लागि यही मंसिर २० गतेबाट साधारण सेयरको बिक्री कार्य खुलाभई छिटोमा पुस पाँच गते र ढिलोमा पुस २० गते बन्द हुनेछ । लगानीकर्ताहरूले न्यूनतम १० देखि ५० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीको भनाइ छ । यसैगरी वैदेशिक रोजगारमा रहनेको हकमा भने यही मंसिर २० गतेबाट साधारण सेयरको बिक्रीकार्य खुला भई पुस पाँच गते बिक्रीकार्य बन्द हुनेछ । लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिनसक्ने कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x