Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार१४ वटा विभिन्न मर्चेन्टसँग सानिमा बैंकको छुटसम्बन्धी व्यवस्था

१४ वटा विभिन्न मर्चेन्टसँग सानिमा बैंकको छुटसम्बन्धी व्यवस्था


काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न १४ वटा मर्चेन्टहरूसँग छुटको व्यवस्था गरेको जानकारी दिएको छ । उक्त व्यवस्थाअन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरूको वस्तु÷सेवाहरूको खरिदमा विशेष छुट पाउने भएको छ ।

बैंकले कुलेश्वर चिकेन स्टेसन, गणपती पोलिक्लिनिक प्रालि, द पनाछें ब्युटी स्टुडियो एन्ड ट्रेनिङ सेन्टर, टाइमलेस मोमेन्ट्स होटल, आवरण स्किन क्लिनिक प्रालि, यारा बेकरी, कोर्डिस हेल्थ केयर क्लिनिक, केबिज पिज्जेरिया, द डेन्टिस्ट प्रालि, तुसाल मल्टी भेन्यु प्रालि, अन्नपूर्ण चिया हब, किंग्स प्यालेस प्रालि, भक्तपुर इन्टरनेसनल हस्पिटल र जर्मन होम्स हस्पिटालिटी जस्ता १४ वटा विभिन्न मचेन्टहरूसँग २० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको छ ।

बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध रहेको जानकारी पनि बैंकले दिएको छ । बैंकले देशको सातै प्रदेशमा एक सय ३० वटा शाखा कार्यालयहरू तथा एक सय २३ वटा एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x