नेशनल लाइफको ‘अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम’
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो भेलामा कम्पनीको सुर्खेत कार्यालयमा आबद्ध करिब एक सय ५० जना अभिकर्ताहरूको सहभागीता रहेको थियो ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले अभिकर्ता पेसालाई व्यावसायिक बनाउँदै उनीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रवर्द्धन गर्दै लैजाने नीतिअनुरूप कम्पनीले यसप्रकारको कार्यक्रम आयोजना गर्दै आएको बताए । साथै उनले बीमा ऐन २०७९ का आधारभूत विषयवस्तुको बारेमा पनि संक्षिप्तरूपमा प्रकाश पारे ।
कम्पनीका बजार व्यस्थापन विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्ताहरूलाइ प्रस्तुति कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कर्यक्रममा सुर्खेत शाखाबाट उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मान गरेका थिए । सुर्खेत शाखा प्रमुख बल बहादुर सिजपतीको सभपतित्वमा सम्पन्न सो कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले धन्यवादज्ञापन गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस
- दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
- चाडपर्व र चिनी
- बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
- सहकारी ठगीमा पक्राउभन्दा फरार बढी
- विदेशमा रहेका नेपालीलाई स्वदेशमा अवसर सिर्जना गर्न प्रधानमन्त्री ओलीको आग्रह
- वाणिज्य बैंकहरूको ऋण ‘पोर्टफोलियो’मा आईएमएफको अविश्वास
- बालेनको चाल काठमाडौं महानगरका लागि शुभ सङ्केत हुन सक्दैन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया