Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र बैंकद्वारा प्रभु बैंकको लाभांश स्वीकृत

राष्ट्र बैंकद्वारा प्रभु बैंकको लाभांश स्वीकृत


काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंकको लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकले प्रभु बैंकले प्रस्ताव गरेको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख चार हजार एक सय ७४ रूपैयाँमध्येबाट छ दशमलव ५० प्रतिशतले हुन आउने ८२ करोड ६० लाख ६५ हजार सात ७१ रूपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव ५० प्रतिशत अर्थात् १९ करोड छ लाख ३० हजार पाँच सय ६२ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

प्रभु बैंकको यही मंसिर एक गते बसेको सञ्चालक समितिको दुई सय ६८औँ बैठकले उक्त अनुपातमा लाभांश वितरण गर्न स्वीकृति माग गर्दै राष्ट्र बैैकमा आवेदन दिएको थियो । सोअनुसार राष्ट्र बैंकले यही मंसिर १२ गते प्रभुलाई उक्त अनुपातमा लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकद्वारा स्वीकृत लाभांश प्रभुको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x