Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईसीएफसी फाइनान्सद्वारा १० प्रतिशत लाभांश घोषणा

आईसीएफसी फाइनान्सद्वारा १० प्रतिशत लाभांश घोषणा


काठमाडौं । आईसीएफसी फाइनान्सले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट आफ्ना सेयरधनीहरूलाई पाँच प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश समेत गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

फाइनान्स सञ्चालक समितिको पछिल्लो पटक बसेको बैठकले गरेको लाभांश वितरण सम्वन्धी प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति एवं फाइनान्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । फाइनान्सले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा तीन करोड ३४ लाख ५८ हजार सात सय ६९ रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सले चार करोड ७६ लाख ५२ हजार नौ सय २३ रूपैयाँ खुद मुनाफा कमाएको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब १२ करोड ५१ लाख १५ हजार दुई सय रूपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा १८ अर्ब २५ करोड ९३ लाख ६४ हजार चार सय ६३ रूपैयाँ निक्षेप संकलन गरी १४ अर्ब १३ करोड २२ लाख ४२ हजार दुई सय १० रूपैयाँ कर्जा प्रवाह गरेका छन् । सो अवधिमा खुद ब्याज आम्दानी १४ करोड ८८ लाख ४९ हजार आठ सय चार रूपैयाँ रहेको फाइनान्समा एक दशमलव ३१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ८९ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने नौ करोड ४३ लाख ८३ हजार तीन सय १४ रूपैयाँ रहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x