Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएसटीसी र सुलभ–पेबीच भुक्तानी सम्झौता

एसटीसी र सुलभ–पेबीच भुक्तानी सम्झौता


काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) र सुलभ–पे (एन क्यास वालेट)बीच सम्झौता भएको छ । दुवै कम्पनीहरूले स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता गरेका हुन् ।

सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र सुलभ–पेका तर्फबाट प्रबन्ध निर्देशक सतिश पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । विगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्ट च्वाइस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय सुलभ–पे (एन क्यास वालेट)बीच भएको सम्झौताले समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा कम्पनीले लिएको छ ।

सम्झौतापछि सुलभ–पे प्रयोगकर्ताले सुलभ–पे वालेटमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरूलाई भुक्तानी गर्न सक्नेछन् भने सुलभ–पेमार्फत विभिन्न व्यापार/व्यवसायमा संलग्न व्यवसायीहरूले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन् । ईएमभी स्ट्यान्डर्डमा जारी गरी फाइनान्सियल स्वीचमार्फत कारोबारको भुक्तानी तथा फछ्र्यौट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुने कम्पनीले जानकारी दिएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x