Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी कमर्सियल बैंकको लाभांश घोषणा

सेञ्चुरी कमर्सियल बैंकको लाभांश घोषणा


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट पाँच प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको तीन सय ७२औँ बैठकले चुक्ता पुँजीको पाँच प्रतिशत लाभांशं वितरण गर्ने प्रस्ताव पास गरेको छ ।

बैंकको २०७९ असार मसान्तमा कायम चुक्ता पुँजी नौ अर्ब ५५ करोड ३९ लाख नौ हजार एक सय ९८ रूपैयाँमध्येबाट चार दशमलव ७५ प्रतिशतले हुन आउने ४५ करोड ३८ लाख १० हजार छ सय ८६ रूपैयाँबराबरको बोनस सेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको शून्य दशमलव २५ प्रतिशतले हुनआउने रकम दुई करोड ३८ लाख ८४ हजार सात सय ७३ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२औँ वार्षिक साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिनेछ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडबीच मिति २०७९/०४/१५ मा संस्था प्राप्तिसम्बन्धी सहमति भएको छ जसअनुरूप प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्नेछ र पुस मसान्तभित्र नै एकीकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया अगाडि बढेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x