Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबिग डिजिटल स्टोरको ‘साइबर विक’

बिग डिजिटल स्टोरको ‘साइबर विक’


काठमाडौं । बिग डिजिटल स्टोरको ‘साइबर विक’अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससीटी)को स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक भएको छ । यही मंसिर १३ गतेबाट सुरु भएको साइबर वीक नामक अफरमा ग्राहकहरूले बिग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सामानहरू खरिद गर्न सक्नेछन् ।

साथै, आईएमई–पे एपबाट भुक्तानी गर्दा ग्राहकहरूले थप १० प्रतिशत छुट वा एक हजार रूपैयाँसम्म मात्र पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले सो अफर बिग डिजिटलको स्टोरहरूमा मात्र पाउन सक्नेछन् ।

आईएमई–पेको बारेमा : नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आईएमई–पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । आईएमई–पे आईएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली– २०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आईएमई–पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरूमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्कान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ । आईएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आईएमई–पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x