Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैंक र डोकोबीच सम्झौता

नबिल बैंक र डोकोबीच सम्झौता


काठमाडौं । नबिल बैंक र डोको रिसाइक्लर्सबीच बैंकमा हुनसक्ने विभिन्न खालका फोहोरहरूको व्यवस्थापन गर्नका लागि सम्झौता गरेको छ । सम्झौताबमोजिम डोकोले नबिल बैंकमा रहेको काम नलाग्ने कागजपत्रलाई टुक्र्याई पुनः प्रयोग गर्ने, कुहिने नकुहिने फोहोर छुट्याउने र अन्य विभिन्न खालका फोहोरको दिगो व्यवस्थापनका लागि सहकार्य गर्नेछ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा डोको रिसाइक्लर्सका संस्थापक रुनित सरियाले हस्ताक्षर गरेका हुन् । सम्झौताको पहिलो चरणमा डोकोले बैंकमा रहेका काम नलाग्ने कागजातको व्यवस्थापनमा कार्य गर्नेछ । बैंकमा प्रयोग भई काम नलाग्ने अवस्थामा रहेका कागजको फोहोरलाई टुक्र्याई पुनः प्रयोगयोग्य बनाउने, डिस्पोजलको कार्यलाई वातावरणमैत्री बनाउने र नयाँ कागज बनाउन पुराना कागजलाई कच्चा पदार्थको रूपमा प्रयोग गरी ‘रुख बचाऊ’ अभियानमा समर्थन जनाउने बैंकले जनाएको छ । त्यसैगरी व्यवहार परिवर्तनको लागि बैंकका कर्मचारीहरू तथा ग्राउन्ड स्टाफका लागि तालिम तथा सचेतना कार्यक्रम आयोजना गर्न डोकोले सहयोग गर्नेछ । सम्झौतामा डोकोले बैंकको हाताभित्रै गएर काम नलाग्ने कागजातहरू स्रेडिङ मेसिनको सहायताले नष्ट गर्ने पनि उल्लेख गरिएको छ ।

यस सम्झौताले बैंकले लिएको दिगो बैंकिङको अवधारणालाई टेवा पुग्ने बैंकले बताएको छ । बैंकको देशभरि दुई सय ३३ वटा शाखाहरू र दुई सय ६९ वटा एटीएम काउन्टरहरू सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x