Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा विकास बैंकको २६औँ शाखारहित बैंकिङ सेवा

कामना सेवा विकास बैंकको २६औँ शाखारहित बैंकिङ सेवा


काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु-याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा आइतबारबाट रूपन्देही जिल्लाको तिलोत्तमा न.पा. वडा नं. ०३ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

तिलोत्तमा न.पा. वडा नं ०३ स्थित न्यू पाल्पाली जनरल स्टोर्स (प्रो. मुना घिमिरे) शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको बैंकले जानकारी दिएको छ । बैंकका सञ्चालक भिम प्रसाद तुलाचन र वडा नं. ०३ का वडा अध्यक्ष कल्याण प्रसाद पौडेलले संयुक्तरूपमा शाखारहित बैंकिङ सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा वडा नं.०३ का अन्य जनप्रतिनिधिहरू, व्यावसायिक प्रतिनिधि, स्थानीय प्रतिनिधिहरूका साथै बैंकका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

शाखारहित बैंकिङमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधाहरू प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x