Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारफर्ष्ट माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने

फर्ष्ट माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने


काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत अर्थात् १९ करोड २८ लाख ९८ हजार चार सय ८० रूपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफामध्येबाट २०७९ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार चार सय रूपैयाँमध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

घोषित लाभांशमध्येमा १९ प्रतिशत अर्थात् १८ करोड ३२ लाख ५३ हजार पाँच सय ५६ रूपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि ९६ लाख ४४ हजार नौ सय २४ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको पछिल्लो पटक बसेको एक सय ९८औँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x