धरानमा एक्सेल डेभलपमेन्ट बैंकको ‘बृहत् रक्तदान कार्यक्रम’
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बृहत् रक्तदान कार्यक्रमको आयोजना तथा डस्टबिन हस्तान्तरण गरेको छ । बैंकको धरान शाखाले नेपाल रेडक्रस सोसाइटी धरान, सुनसरीको सहयोगमा बुधबारका दिन बिरामीहरूको स्वास्थ्य उपचारको लागि रगतको आवश्यकता परिपूर्ति गर्न सहयोग पु-याउने हेतुले माछा भौडी पार्क, धरानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा ८७ पिन्ट रगत संकलन भएको बैंकले जानकारी दिएको छ ।
कार्यक्रममा सहभागी भई अमूल्य रक्तदान गर्ने सबैमा बैंकले आभार व्यक्त गरेको जनाएको छ । साथै बैंकले सोही अवसरमा नगरको सरसफाइमा सहयोग पु-याउन धरान उपमहानगरपालिका वडा नं. २ लाई सात थान र वडा नं. ३ लाई १५ थानसहित जम्मा २२ थान डस्टबिन प्रदान गरेको छ । उक्त डस्टबिनहरू बैंकको तर्फबाट सहायक महाप्रबन्धक अशोक क्षेत्रीले वडा नं. २ का वडाअध्यक्ष रमेश राई र वडा नं. ३ का वडा अध्यक्ष विद्या शाक्यलाई उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम वेघाको समुपस्थितिमा हस्तान्तरण गरेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया