कुमारी बैंकको ‘रेमिट आईपीओ बचत खाता’
काठमाडौं । कुमारी बैंक लिमिटेडले रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ बचत खाता सञ्चालनमा ल्याइएको हो । बैंकले ‘कुमारी रेमिट आईपीओ बचत खाता’ नाममा सञ्चालनमा ल्याएकोे खाता वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरूका लागि सुरक्षित गरिएको १० प्रतिशत प्राथमिक सेयर निष्कासनमा आवेदन दिने व्यवस्थासहित ल्याएको जनाएको छ ।
बैंकका अनुसार श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोली प्राथमिक सेयरमा आवेदन दिन सकिनेछ । बैंकका कुनै पनि शाखा अथवा अनलाइन माध्यमबाट समेत सो खाता खोल्न सकिने व्यवस्था मिलाएको जनाइएको छ । यो खाता योजनाले वैदेशिक रोजगारमा रहेका नेपालीले प्रथमिक सेयरमा लगानी गर्ने अवसरलाई सुनिश्चित गर्न मद्दत गर्ने बैंकले विश्वास व्यक्त गरेको छ ।
बैंकले हाल देशभरमा एक सय ९९ शाखा, एक सय ९५ एटीएम, ६० शाखारहित बैंकिङ एकाइ तथा ३६ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दार्चुला जिप दुर्घटना: घाइतेलाई थप उपचारका लागि धनगढी लगियो
- दैलेखका किसानको ‘गुणे’ धानमा अधिक आकर्षण
- दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते
- कोप–२९ मा सहभागी भई स्वदेश फर्किए राष्ट्रपति
- ‘नेक’ प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर दुई गते
- टेकस्पायर स्टार्टअप एन्ड आईडिया फेस्ट सुरु
- हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
- उत्पादनको क्षेत्रमा जोड दिन निजी क्षेत्रलाई आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया