Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी लाइफको प्रमुख कार्यकारीमा पुनः भट्टराई

महालक्ष्मी लाइफको प्रमुख कार्यकारीमा पुनः भट्टराई


काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रमेशकुमार भट्टराई नियुक्त भएका छन् । स्थापनाकालदेखि नै उक्त कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रहेका भट्टराईको पहिलो चारवर्षे कार्यकाल आगामी १६ पुसमा सकिँदै छ ।

यहीबीचमा कम्पनीको पछिल्लो पटक बसेको बैंठकले आगामी १७ पुसदेखि लागू हुनेगरी दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त दिएको हो । एसियन लाइफ र नेपाल लाइफ इन्स्योरेन्सको व्यवस्थापकीय नेतृत्व गरिसकेका भट्टराईसँग बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x