कामना सेवा विकास बैंक र जोड इनिस्येटिभबीच सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र जोड इनिस्येटिभबीच सम्झौता भएको छ । बैंकका अनुसार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दृष्टिविहीनहरूलाई आधारभूत कम्प्युटर ट्रेनिङ दिनका लागि जोड इनिस्येटिसँग सम्झौता गरिएको हो । सम्झौतापश्चात् कामना सेवा विकास बैंकले दृष्टिविहीन विद्यार्थीहरूलाई आधारभूत कम्प्युटर ट्रेनिङ प्रदान गर्न आर्थिक सहयोग गर्नेछ । साथै बैंकले दृष्टिविहीनहरूलाई लक्षित गरी ल्याइएको स्वभिमान बचत खाता समेत खोलिदिनेछ ।
सम्झौता कार्यक्रममा बैंकका तर्फबाट ब्रान्डिङ प्रबन्ध श्रष्टिना मानन्धर र जोड इनिस्येटिभका संस्थापक सौरभ तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यसैसँगै आगामी दिनहरूमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले लिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
- दुई दलीय संयन्त्रबाट सरकार सञ्चालन गर्न सहज हुने छ : उपप्रधानमन्त्री सिंह
- नेपालबाट बङ्गलादेश विद्युत् निर्यात सुरु
- गरिमा विकास बैंक र नेपाल विद्युतीय व्यवसायी महासंघबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया