Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने

सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने


काठमाडौं । सिभिल बैंक लिमिटेड र नेपाल टेलिकमबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ विजिनेस भोला बहादुर विष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौतापत्रअनुसार २०७९ पुस १ गतेदेखि नेपाल टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताहरूले डाटा अन गरी सिभिल बैंकको मोबाइल बैंकिङ एपमार्फत फन्ड ट्रान्सफर, क्यूआर पेमेन्टलगायत अन्य फिचरहरूको उपयोग गर्दा कुनै पनि शुल्क लाग्ने छैन । नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यममार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीतिबमोजिम सिभिल बैंकले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको हो ।

सिभिल बैंकको साढे चार लाखभन्दा बढी मोबाइल बैंकिङ एपका प्रयोगकर्ताहरू यस सम्झौतापत्रबाट प्रत्यक्ष लाभान्वित हुने कुरा सिभिल बैंकका चिफ विजिनेस भोला बहादुर विष्टले बताए । बैंकले हालसम्म ९४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब आठ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको हाल सबै क्षेत्रमा गरी एक सय १५ वटा शाखा, १३ वटा एक्सटेन्सन काउन्टर तथा एक सय दुईवटा एटीएम काउन्टर रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x